Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतले फैसला गरेका चार मुद्दामा पुनरावेदन मागसहित अख्तियार पुग्यो सर्वोच्चमा

विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार घुस/रिसवत सम्बन्धी विभिन्न चार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

गत असार ३० गते शोभिता साहविरुद्धको मुद्दामा भएको फैसला, गत जेठ १८ गते सुशील बुढाथोकी र ज्ञानबहादुर कार्कीविरुद्धको मुद्दामा भएको फैसला, गत असार १० गते राम नरेश पासवानविरुद्धको मुद्दामा भएको फैसला र पर्वत पौडेलविरुद्धको मुद्दामा गत साउन १२ गते भएको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्