Logo
२३ माघ २०७९, सोमबार
(January 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियललाई हराउँदै बार्सालाई सुपर कप

चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् ।

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुर्‍याएको छ ।

प्रकाशित मिति: Jan 16, 2023

प्रतिक्रिया दिनुहोस्