Logo
१३ बैशाख २०८१, बिहीबार
(January 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जाको पुतलीबजारमा रहेको पेट्रोल पम्प प्रशासनद्वारा सिल

स्याङ्जाको पुतलीबजार नगरपालिका-३ बाड्खोलामा रहेको नेपाल पेट्रोलियम सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिल गरेको छ ।

उक्त पम्पबाट सेवा लिएका सेवाग्राहीहरुबाट गुणस्तरहीन पेट्रोल बिक्री वितरण गरेको गुनासो आएपछि पेट्रोल पम्प सिल गरिएको प्रशासनले जनाएको हो । सेवाग्राहीहरूले नै त्यस पम्पबाट हालिएको तेलका कारणले सवारी साधनहरूमा विभिन्न खराबी आएको गुनासो गरेका थिए ।

जसका कारण सोही पम्प सिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार पम्प सिल गरिएपछि नमुना स्वरूप बिक्री वितरण गरिएको तेल दक्ष प्राविधिक मार्फत अनुसन्धान गर्न परीक्षण केन्द्रमा पठाइएको छ ।

प्रमुख क्षेत्रीले अनुसन्धान पश्चात् दोषी देखिए नेपाल पेट्रोलियम सप्लायर्सलाई कानूनी कारबाही अगाडि बढाइने बताए ।

प्रकाशित मिति: Jan 13, 2023

प्रतिक्रिया दिनुहोस्