Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाग्मती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित

बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ  ।  यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।  पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।

बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन ।

प्रकाशित मिति: Jan 13, 2023

प्रतिक्रिया दिनुहोस्