Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी देवानगञ्जका २३ जना युवाहरु ठगिए, एजेन्ट मेहता विरुद्ध सामुहिक निवेदन


प्रदेश १ स्थित सुनसरीको देवानगंजका युवाहरु वैदशिक रोजगारका नाममा ठगीमा परेपछि त्यस विरुद्ध सामुहिक निवेदन परेको छ ।

सोही जिल्लाका इनरुवा नगर पालिका ९ बबियाका बासिन्दा तथा हाल काठमाण्डौ बसोवास गरिरहेका मेनपावर एजेन्ट विजय मेहता विरुद्ध उक्त सामुहिक निवेदन दर्ता भएको हो ।

सुनसरी स्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त निवेदनको सक्कल काकजात सहितको फाइल उक्त कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

निवेदन परेपछि अब सत्यतथ्य छानवीन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रजिअ इन्द्रदेव यादवले बताए ।

‘स्थानीय मिडियाहरुमा विभिन्न खवरहरु आएको थियो, हामिले पनि चाँसो लिएका थियौं तर अव निवेदन नै आएको छ । हामिले प्रक्रिया थाल्छौं’ प्रजिअ यादवले भने ‘आजै आरोपितलाई पत्रचार गरिसकिएको छ ।’

उता जिल्ला प्रहरी कार्यालयका एसपी प्रभू ढकालले निवेदन आएलगतै प्रहरी द्रुतगतिमा अघि बढेको बताए । ‘कानून अनुसार प्रक्रिया अगाडी बढ्ने छ’ ढकालले भने- ‘हामि सर्वसाधारणको न्यायका लागि अहोरात्र खटिरहेका छौं ।’

बिहिवार देवानगंज गाउँपालिका वडा नम्बर ७ का २१ जनाले सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सामुहिक निवेदन दयार गराएका हुन् ।

मेनपावर एजेन्ट विजय मेहता

मेहताले देवागंज स्थित रासी र मध्यहर्षाहीका २३ जना युवाहरुलाई वैदशिक रोजगारका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप निवेदनकहरुले लगाएका छन् ।

मेहताले द्धितिया इन्टरनेशनल मेनपावर कम्पनी मार्फत जनही ३/३ लाख रपैयाँ लिएर मलेसिया पठाएको र रोजगारमा गएका ती युवाहरु मलेशिया स्थित विच्चलीमा परेको निवेदकहरुको दावी रहेको छ ।

एजेन्ट मेहताले आफ्नो ब्यत्तिगत खाता मार्फत जनही २ लाख देखि ३ लाखसम्म भुक्तानी लिएको वैंक भौचर कागजात समेत निवेदन सँगै प्रस्तूत गरिएको छ ।

मलेसिया गएका युवाहरुले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएको, विच्चलीमा परेको भन्दै एजेन्ट मेहतालाई बारम्बार गुनासो गरेपनि मेहताले आलटाल मात्र गर्नेगरेको निवेदक मध्येका एक गणेश प्रशाद यादवले बताए ।

यादवका अनुसार २३ सय मलेसियन रिङ्गेट तलव पाइने भन्दै विदेश पठायए पनि अहिले त्यहाँ त्यस्तो अवस्था नभएपछि उक्त निवेदन दायर गराउन बाध्य भएको यादवले बताए ।

हुर्नुस् भिडियो :

भिडियो सौजन्य : आवर सुनसरी

प्रकाशित मिति: Jan 12, 2023

प्रतिक्रिया दिनुहोस्