Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशको मुख्यमन्त्रीको लागि जसपाका सरोजकुमार यादवको दाबी पेस

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।

केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।

निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए ।

यादव सोमबार संसदीय दलका नेतामा चयन भएका थिए ।उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उपेन्द्र यदवको पक्षमा लागेका हुन् ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्