Logo
८ बैशाख २०८१, शनिबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता भण्डारी

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै सर्वोच्चमा एक वरिष्ठ अधिवक्ताले बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् ।

अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० ९१०को अनुसार लामिछाने २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको देखिएको जिकिर गरे ।

निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे ।

नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले समेत जिकिर गरे ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्