Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शालीनदीमा माधव नारायण पूजा एवं माघ स्नान आजदेखि सुरु

एक महिनासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माधव नारायण पूजा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने यस कार्यलाई माघ स्नान पनि भनिन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुका स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । साथै भक्तिपूर्वक शिव–पार्वतीको पूजा गर्ने चलन छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंको उत्तरपूर्वमा अवस्थित साँखुको शालीनदीमा माधवनारायणको मेला लाग्छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गरेको इतिहासकार प्रकाश श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्