Logo
११ बैशाख २०८१, मंगलबार
(December 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्थानको जैसलमेर प्यालेस होटलमा सिद्धार्थ-कियाराको विवाह

अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।

ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शाही दरबार रोजेका छन् ।

यति मात्र होइन, दम्पतीको विवाहमा कडा सुरक्षा व्यवस्था गरिएको छ, विवाहपूर्वदेखि विवाहसम्मका सबै कार्यक्रम दरबारभित्रै राखिनेछ ।

फेब्रुअरी ३ मा जैसलमेरमा सुरक्षा दल पठाइने मिडिया रिपोर्टबाट थाहा भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेर प्यालेस होटलमा हुनेछ ।

यद्यपि यी जोडीको विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति: Dec 31, 2022

प्रतिक्रिया दिनुहोस्