Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा

नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिवार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए ।

यस्तै, सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सीमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको समेत जानकारी दिए ।

लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलो पटक आफ्नो प्रदेशसभा भवन देउखुरी दाङमै सपथग्रहण गराउने तयार भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्