Logo
१२ बैशाख २०८१, बुधबार
(December 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र चार मुख्यमन्त्री एमालेको, प्रधानमन्त्री र दुई मुख्यमन्त्री माओवादीको, मधेशमा जसपा, सभामुखमा रास्वपा

सात दलीय गठबंधन सहित केन्द्र र प्रदेशको सत्ता भागबण्डामा पनि सहमती भएको छ ।

सहमती अनुसार नेकपा एमालेले राष्ट्रपति र चार ओटा प्रदेशको मुख्यमन्त्री लिनेछन् भने प्रधानमन्त्री र दुई ओटा प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रले पाउनेछन् ।

त्यसैगरी एउटा प्रदेश अर्थात् मधेश प्रदेशमा जसपाको मुख्यमन्त्री हुनेभएको छ ।

सहमती अनुसार प्रदेशमा सांसद नरहेका राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख पाउने भएका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा माओवादी नेतृत्व र उपसभामुखमा एमालेले नेतृत्व पाउनेछन् ।

सत्ता घटक एक नेताका अनुसार गृहमन्त्री सहित एमालेले बढी मन्त्रालय लिने सहमति भएको छ भने केही मन्त्री सहित आजै प्रधानमन्त्रीले सपथ खनेछन् ।

सत्ता सम्झ्दारी :
नेकपा एमाले : राष्ट्रपति, महत्त्वपूर्ण केन्द्रिय मन्त्रीहरु, प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका मुख्यमन्त्री

नेकपा माओवादी केन्द्र :
प्रधानमन्त्री, केही केन्द्रिय मन्त्री, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका मुख्यमन्त्री

जसपा नेपाल : केन्द्रिय मन्त्रीहरु, मधेश प्रदेशको मुख्यमन्त्री

रास्वप : सभामुख, केन्द्रिय मन्त्री, राजदुत तथा केही प्रदेशप्रमुखहरु

राप्रपा : केन्द्रिय मन्त्री, प्रदेश प्रमुख तथा केहि राजदूतहरु

जनमत : केन्द्रिय र प्रदेशमन्त्रीहरु

उन्मुक्ति : केन्द्रिय र प्रदेशमन्त्रीहरु

प्रकाशित मिति: Dec 26, 2022

प्रतिक्रिया दिनुहोस्