Logo
८ बैशाख २०८१, शनिबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङको बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसद्वारा राहत

नेपाल रेडक्रस सोसाईटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ । सोमबार साँझ (५ पुस) भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो ।

आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर राई (गाउँपालिका अध्यक्ष), सोही घरमा भाडामा व्यवसाय गरिरेकी इन्द्रकला राई, घर सहित सर्वस्व गुमाएका डिल्लीकुमार श्रेष्ठ, श्रेष्ठकै छोरा पवन श्रेष्ठ, घर सहित सर्वस्व गुमाएका रमेश परियार, परियारकै घरमा बस्ने शंकर वर्देवा र घर सहित धन सम्पत्ती गुमाएका अकबर राईलाई रेडक्रसले बन्दोवस्तीका सामान प्रदान गरेको हो ।

अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए । रेडक्रस उपशाखा बाक्सिलाले अग्नी पिडितलाई एक/एक थान सिरक प्रदान गरेको छ ।

रेडक्रसकातर्फबाट उपलब्ध गराइएका राहत गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, गाउँपालिका उपाध्यक्ष गुरुराज राईले हस्तान्तरण गरेका थिए । बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ ।

 

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्