Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदान सक्यो : देउवालाई विश्वास दिलाउन सांसदहरुले मतपत्रको फोटो खिचेको गगनको आरोप

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ ।

संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

उता, भखरै सम्पन्न भएको नेपाली कांग्रेसको संसदीय दलको मतदानमा केही सांसदहरूले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन् ।

प्रधानमन्त्री पत्नी आरजू राणा र गृहमन्त्री पत्नी मञ्जु खाँडको निगरानीमा १० जना सांसदहरूले मतपत्रको फोटो खिचेको पाइएको छ । आफूले देउवालाई नै मत हालेको प्रमाण देखाउनका लागि उनीहरूले फोटो खिचेका हुन् ।

यसरी फोटो खिच्ने सांसदहरू सबै १० जना संस्थापन अर्थात् देउवा पक्षका हुन् । कुनै पनि गोप्य मतदानमा मतदानपछि मतपत्रको फोटो खिच्न पाइँदैन । कांग्रेसको संस्थापनले भने आफ्नै पक्षका सांसदहरूमाथि पनि अविश्वास भएकाले फोटो खिच्ने लगाएको पाइएको हो ।

यसरी फोटो खिचिएको विषयमा संस्थापन इतरका उम्मेदवार गगन थापाले आपत्ति जनाएका छन् । उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती पनि दिए ।

गगनका अनुसार उनले निर्वाचन समितिलाई मतदान स्थलमा मोबाइल लैजान नपाउने नियम बनाउनुपर्छ भनेर सुझाव दिएका थिए । तर, उनीहरूले मानेनन् ।

‘उहाँहरूले भन्नुभयो कि सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला । हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय बनाएनौैं,’ गगनले भने ।

तर मतदानका क्रममा आफ्नै आँखा अगाडि १०र११ जना सांसदले मतपत्रको फोटो खिचेको उनको दाबी छ । गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो ।

मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै १०र११ जनाले मोबाइल निकालेर तस्बिर खिच्नुभयो । अन्तर पार्टी लोकतन्त्रको सुखद अभ्यासमा यो लाजमर्दो कुरा हो ।’

उनले थपे, ‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो । अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि । मेरो सुझाव छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर देखाइदिनुस् ।

फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुन्छ ।’

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्