Logo
६ बैशाख २०८१, बिहीबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा सुरक्षा व्यवस्था कडा : निर्धारित समयमै कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएन

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ ।

बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म भने मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्