Logo
११ बैशाख २०८१, मंगलबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छायांकन सकाउने तयारीमा दिपक-दिपाको ‘छक्का पन्जा ४’

‘छक्का पन्जा ४’ १९ फागुन प्रदर्शन मिति तय भएको फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गएपनि फिल्मको केही छायांकन भने बाँकी नै छ । त्यसैले निर्माण युनिट अहिले छायांकन सकाउने तयारीमा छ ।

बाँकी छायांकनसँग फिल्मको चित्त नबुझेका केही दृश्य पनि छायांकन छिट्टै हुने निर्माण युनिटले जनाएको छ । फिलमका निर्देशक हेमराज वीसी हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत मुख्य भूमिकामा रहेको फिल्मले बक्स अफिसमा रेकर्ड ब्रेकको कमाई गर्ने अपेक्षा गरिएको छ । यसपटक पहिले भन्दा केही यूनिक कथा उठाएको निर्माणपक्षले बताउँदै आएको छ ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्