Logo
६ चैत्र २०८०, मंगलबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिकल काउन्सिलको सदस्यबाट डा. तोसिमा कार्कीले दिइन् राजिनामा

नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा। कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा।कृष्णप्रसाद अधिकारीले डा। कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो ९आइतबार० उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्