Logo
६ चैत्र २०८०, मंगलबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले मंसिर मसान्तसम्ममा निर्वाचन प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित नामावलीसहित आयोगले यही मङ्सिर मसान्तसम्ममा आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘समानुपातिकतर्फ दलले पाउने सिटमा उम्मेदवारको नामावली पठाउन दलहरूलाई पत्र पठाउने छौं । त्यसपछि समानुपातिकतर्फ विजयी घोषणा गरिसकेपछि प्रतिवेदन बुझाउने छौं ।’
हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६२ सिटको मतपरिणाम आइसकेको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ । प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेस ५७ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । त्यसै गरी माओवादी केन्द्र १७, नेकपा ९एकीकृत समाजवादी० १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७(७ स्थानमा जित हासिल गरेका छन् ।

त्यस्तै, स्वतन्त्रको ५, लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्तिको ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको १÷१ सिट आएको छ । गणना भइरहेको दोलखामा माओवादी उम्मेदवारले अग्रता लिइरहेको छ । यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मङ्सिरसम्म आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । त्यसै गरी एक सय ६२ क्षेत्रको समानुपातिक मत गणना पनि सकिएको छ ।प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ आइतबारसम्म १ करोड ४ लाख २० हजार ७ सय २५ मत गणना सम्पन्न भएको समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा ९एमाले० ले २७ लाख ८८ हजार तीन सय ५६ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ मतसहित दोस्रो स्थानमा छ ।नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले ११ लाख ६२ हजार १ सय २४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय ३८, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ मत प्राप्त गरेका छन्।

थ्रेसहोल्ड कटाएका सात दलमा सिट बाँडफाँट गर्दा एमालेले ३३ सिट, कांग्रेसले कांग्रेसले ३१ देखि ३२ सिट, माओवादीले १५ सिट पाउने देखिएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ देखि १४ सिट, राप्रपाले ७ देखि ८ सिट, ४ लाख २० हजार मत पाएको जसपाले ५ सिट तथा ३ लाख ९४ हजार मत पाएको जनमतले कम्तीमा चार सिट पाउने प्रवक्ता वाग्लेले बताउनुभयो । आयोगका अनुसार थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत आवश्यक पर्छ ।

अहिलेसम्म २ लाख ९४ हजार मात्रै मत प्राप्त गरेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्ने सम्भावना क्षीण हुँदै गएको छ । सो पार्टीले हाल गणना भइरहेका तीन क्षेत्रका एक लाख ८० हजार मतबाट २३ हजार प्राप्त गर्न सके मात्रै थे्रसहोल्ड कटाएर राष्ट्रिय दल बन्न सक्छ ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्