Logo
११ बैशाख २०८१, मंगलबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस संसद्को पहिलो दल

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस संसद्को पहिलो दल बनेकोे छ । मङ्सिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले ५७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर पहिलो दल बनेको हो ।

यो निर्वाचनमा भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी, पञ्चायत कालदेखिकै पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी र तराईमा भर्खर जन्मिएको जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । तर, सत्ता गठबन्धनको एक घटक नेकपा ९एकीकृत समाजवादी० पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।साना दललाई प्रत्यक्ष र समानुपातिकमा समेत राम्रो मत दिएर पठाउँदै गर्दा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको एकीकृत समाजवादी पार्टीलाई मतदाताले स्वतन्त्रको हैसियतमा पु¥याइदिएका छन् । उक्त पार्टीका प्रत्यक्षमा निर्वाचित १० सांसद पनि स्वतन्त्र हुने भएकाले संसद्को अंकगणितमा पार्टीको ह्विप नलाग्ने र आगामी संसद्को हरेक निर्णय प्रक्रियामा दलहरूलाई जोखिम बढ्न सक्ने आँकलन नेताहरूले गरेका छन् ।

सत्ता गठबन्धनमा समावेश पाँच दलमध्ये नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० मात्रै राष्ट्रिय पार्टी बन्न सफल भए । गठबन्धनमा सामेल नेकपा (एकीकृत समाजावादी), लोसपा र जनमोर्चा समेतका तीन दलले थ्रेसहोल्ड कटाउन सकेनन् । चुनावी परिणाम सन्तोषजनक नआए पनि गठबन्धनलाई कायमै राखेर आगामी सरकार सञ्चालनका विषयमा छलफल भइरहेको नेकपा समावजादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

प्रतिपक्षी गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा एमालेले सबैभन्दा ठूलो पार्टी बनेको छ । उसले ४४ सिट जितेको छ भने राप्रपा र जसपाले ७–७ सिट पाएका छन् । एमालेसँग गठबन्धन गरेको राप्रपा नेपालले एक सिट पनि जित्न सकेन ।प्रतिनिधि सभाका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये १ सय ६४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यो अवस्थामा सबैभन्दा ठूलो बनेको कांग्रेस समानुपातिकमा भने दोस्रो बनेको छ । प्रत्यक्षमा १३ सिट कम ल्याएर दोस्रो बनेको नेकपा एमाले समानुपातिकमा पहिलो भएको छ । त्यस्तै, १७ ठाउँमा जितेको माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो स्थानमा आएको छ ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्