Logo
७ बैशाख २०८१, शुक्रबार
(December 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ वर्षीया माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ, चार दिनदेखि आमा अचेत

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्।

उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरीको सहयोग आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउँसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो।

 

चार दिनदेखि आमा अचेत

२१ वर्षीय माया लुहारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर आफ्नो जिम्मेवारी पूरा गरिन्। उनको सपना केही दिनका लागि खटाइने म्यादी मात्र होइन प्रहरी बनेर सधैं समाजको सुरक्षा गर्ने थियो।

तर, उनको सपनामाथि सुरक्षा निकायकै मान्छेबाट तुसारापात भयो। उनको सपना मात्रै सकिएन, सँगै सकियो श्वास पनि। भौतिक संसारबाट उनी त बिदा भइसकिन् तर उनकी आमा भने अझै छोरी कुरिरहेकी छिन्।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा बस्ने आमा रमा लुहार छोरीको हत्या भएदेखि नै अचेत छिन्। छोरी माया लुहार (भुरी)को घाँटी रेटेर हत्या भएपछि रमा होसमा छैनिन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी मायाको हत्यापछि अहिले गाउँ शोकमा डुबेको छ। छोरीको हत्याको खबर पाएलगत्तै रन्थनिएर बेहोस भएकी रमा अहिले होसमा आउनेबित्तिकै छाती पिटेर रुन थाल्छिन्। होसमा आउनेबित्तिकै छोरीलाई खोज्छिन्।

छोराहरुको अगाडि रुँदै रमा भन्छिन्, ‘माया कब आउने हई’। छोराहरुले मायाँ आउँछे भन्दै थम्थम्याउँछन्। चार दिनदेखि मायाले अन्नको दाना मुखमा हालेकी छैनन्।

५५ वर्षीया मायाको मानसिक अवस्थासमेत बिग्रँदै गइरहेको छ। मायाकी बहिनी टिकु लुहार भन्छिन्, ‘दिदीको हत्यापछि आमाको अवस्था खराब बन्दै गएको छ। जतिबेला नि दिदीकै नाम लिएर बर्बराउनुहुन्छ।’

प्रकाशित मिति: Dec 4, 2022

प्रतिक्रिया दिनुहोस्