Logo
११ बैशाख २०८१, मंगलबार
(December 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्ती बोकेको माईक्रो धनुषाको बिरेन्द्र बजारमा दुर्घना, ५ जनाको मृत्यु

मधेश प्रदेश स्थित धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा उक्त दुर्घटना भएको हो ।

शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपी रजौरेका अनुसा मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् ।

जसमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साह छिन्।

अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Dec 3, 2022

प्रतिक्रिया दिनुहोस्