Logo
११ बैशाख २०८१, मंगलबार
(December 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् । उनले भनिन् अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर भन्दा पार्टी र गठबन्धन भित्रबाट आउनु पर्ने पर्छ ।

उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको बताइन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री दाबी रहने बताइन् । गठबन्धनकै सहमतिमा प्रधानमन्त्रीको टुंगो लाग्ने उनले बताइन् ।

पत्रकारको प्रश्नमा उनले पार्टीले जुन सुकै जिम्मेवारी दिए पनि आफू पूरा गर्न सक्षम रहेको दाबी गरिन् । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री त्यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको तर्क थियो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गरिन् ।

यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन् ।

 

प्रकाशित मिति: Dec 2, 2022

प्रतिक्रिया दिनुहोस्