Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाथलीका सुकुम्बासीले समस्या समाधान गर्न माग गर्दै महानगरपालिका घेरे

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका छन् ।

महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत उनीहरूले माग गरेका छन् ।

सोमबार बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडप भएको थियो । उक्त झडप हुँदा नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते भएका थिए ।

प्रकाशित मिति: Nov 29, 2022

प्रतिक्रिया दिनुहोस्