Logo
२२ माघ २०७९, आईतबार
(November 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर २३ मा त्रिविको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ–आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिवि कार्यालयले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीका लागि सबैभन्दा अगाडिको पंक्तिमा बस्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: Nov 29, 2022

प्रतिक्रिया दिनुहोस्