Logo
१२ बैशाख २०८१, बुधबार
(November 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

चीनमा पछिल्लो २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।

 

प्रकाशित मिति: Nov 28, 2022

प्रतिक्रिया दिनुहोस्