Logo
१३ बैशाख २०८१, बिहीबार
(November 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीलाई कमल थापाले भने : तपाईंको विश्वास जोगाउन नसकेकोमा दु : खी छु

राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे ।

एमाले अध्यक्ष ओलीलाई शुभकामना दिएका अध्यक्ष थापाले आफूले विश्वास जोगाउन नसकेकोमा भने दुःख मानेका छन् । एमालेको समर्थनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र १ बाट प्रतिस्पर्धामा रहेका थापाले ओलीको विश्वास जोगाउन नसकेको दुःखी रहेको बताएका हुन् ।

आफू पराजित हुने भएपछि थापाले एमाले अध्यक्ष ओलीसँग विश्वास जोगाउन नसकेकोमा दुःखी भएको बताएका हुन् ।

फेसबुकमा ओलीलाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलार्ई धन्यवाद । तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’

प्रकाशित मिति: Nov 24, 2022

प्रतिक्रिया दिनुहोस्