Logo
१५ चैत्र २०८०, बिहीबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए ।

क्षेत्र नम्बर – २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।

अछाम – १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ । यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको छ ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्