Logo
१५ चैत्र २०८०, बिहीबार
(November 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प निकट केभिनलाई सभामुख बनाउने तयारी

रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी  कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ । रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा  बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो । “हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औं कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,“ हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत भने । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।

सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठूलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ । १०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ ।
अहिले न्यान्सी पेलोसी सभामुख छिन् ।

प्रकाशित मिति: Nov 16, 2022

प्रतिक्रिया दिनुहोस्