Logo
१५ चैत्र २०८०, बिहीबार
(November 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ

कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । ‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेको छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेको छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएको छु । विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस् । अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भने ।

गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन् । त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् । खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन् । खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन् ।

गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन्  । उनी एकल चुवानी प्रतिश्पर्धामा छ । अंक गणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो । एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ ।

यहाँ कांग्रेसको २१ हजार नाै सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ । ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ ।

प्रकाशित मिति: Nov 13, 2022

प्रतिक्रिया दिनुहोस्