Logo
१५ चैत्र २०८०, बिहीबार
(November 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगन थापाको घरदैलो : स्वागतसँगै सेल्फी (फोटो फिचर)

काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्यार्टिक गर्ने रणनीतिमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापा दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।

२०७० सालमा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा यसपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रणनीतिअनुसार चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।

एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धामा रहेका थापाले आइतबार कपन, सुकेधारा क्षेत्रमा घैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा जाँदा उनीेसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ ।

घरदैलो कार्यक्रममा गएका थापामात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।

प्रकाशित मिति: Nov 13, 2022

प्रतिक्रिया दिनुहोस्