Logo
१३ बैशाख २०८१, बिहीबार
(November 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागू औषधसहित एक युवक पक्राउ

लमजुङ प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।  प्रहरीले बुधबार तनहुँबाट लमजुङ तर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई पक्राउ गरेको हो ।

 उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो ।  उनको साथबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ ।

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निज उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

प्रकाशित मिति: Nov 4, 2022

प्रतिक्रिया दिनुहोस्