Logo
८ बैशाख २०८१, शनिबार
(November 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी २ मा सिताराम मेहता र भीम आचार्यबीच प्रतिस्पर्धा : मेहताको पलरा भारी !

प्रदेश १ स्थित सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहता र नेकपा एमालेका उम्मेदवार भीम आचार्यबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

तराईमूलका विभिन्न समुदाय तथा जातजातिको बहुल्यता रहेको यस क्षेत्रमा मेहता चौथो पटक चुनावी मैदानमा रहेका छन् ।

कांग्रेस सभापति देउवाको विश्वास पात्र रहेका मेहताले यसपटक आफू अन्तिम पटक चुनावी मैदानमा रहेको बताएका छन् ।

स्वच्छछविका मेहता आर्थिक अनियमितता फसेका छैनन् भने क्षेत्रका आम जनता माझ निकै लोकप्रिय रहेका छन् । तर यसपटक चौथोपटक चुनावी मैदानमा आएपछि उनको केही आलोचना भने बढेको छ ।

पार्टी महाधिवेशनका बेला केन्द्रिय सदस्य बन्नबाट बन्चित भएका मेहतालाई सभापति देउवाले सोही बेला मन्त्री आश्वासन दिदै मनाएका थिए ।

बिगतमा बाम गठबंधनका बेला समेत निकै बढी मतान्तरले जीत हासिल गरेका मेहतालाई यसपटक भने एमालेका भीम आचार्यले टक्कर दिने देखिन्छ ।

तर जीत भने मेहताको नै हुने सुनसरी २ स्थित चुनावी विश्लेषकहरुले बताईरहेका छन् । पार्टीको आन्तरिक द्वन्दका कारण क्षेत्रको दक्षिणीभेगबाट केही मत कम आउने देखिएता पनि उत्तरबाट बढी मत आउने देखिन्छ ।

मेहतालाई जातीय र सामुदायिक मतको पनि निकै समर्थन रहेका छन् । देशभर रहेका लाखौं कुशवाहाहरु मध्ये सो जातीका मेहता एक मात्र निबर्तमान संघीय सांसद हुन् ।

यता, उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार आचार्य पहिलोपटक यश क्षेत्रमा उम्मेदवारका रूपमा उत्रेका छन् ।

धनकुटाको ताङ्खुवामा जन्मिएर सुनसरी बसाइँ सरेका आचार्य लामो समय देखि राजनीतिमा रहे पनि आर्थिक अनियमिततामा बद्नाम नामको रूपमा चिनिएका छन् । २०७० को निर्वाचनमा जितेपछि उनी सुशील कोइराला सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका बेला भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदारहरुसँग मोटो रकम अनियमितता गरेको आरोपमा मन्त्रीबाट बर्खास्त भएका थिए ।

त्यसैगरी मोरङको मिक्लाजुङ (साविकको मधुमल्ला) गाउँपालिकामा टिकट विक्रिको आरोपमा पनि उनको नाम बदनाम रहेको छ ।

पार्टीको प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहँदा भीम आचार्यले रुपनारायण श्रेष्ठ र विनोद ढकाललाई परिचालन गरी स्थानीय एमाले नेता भेषराज काफ्लेसँग पैसा मागेका थिए ।

त्यही चुनावमा मोरङको सुन्दर हरैँचा नगरपालिकाको मेयरको टिकटका लागि पनि पार्टी जिल्ला कमिटी सदस्य कमला मास्केसँग भीम आचार्य र विनोद ढकालले पैसा मागेका थिए ।

पार्टीमा समेत अलगथलग रहेका आचार्यलाई उनकै पार्टीका रेवती भण्डारी, जगदिस कुसियैत, भगवती चौधरी लगायतका नेताहरू खुलेर साथ दिने देखिन्न । त्यसैसैगरी यसक्षेत्रमा जातीय मत बढी बाडिने भएका कारण पनि उनको अवस्था कम्जोर रहने देखिन्छ ।

प्रकाशित मिति: Nov 2, 2022

प्रतिक्रिया दिनुहोस्