Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरी बलको ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट

सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौै कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए । व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परारष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरी संगठनको नेतृत्व निर्माणका लागि  यो तालिम निकै महत्वपूर्ण मानिन्छ ।

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए । सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डीएसपी गैरे दीक्षित भएका हुन् ।

सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो । यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैनलगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन् ।

प्रकाशित मिति: Oct 20, 2022

प्रतिक्रिया दिनुहोस्