Logo
१२ बैशाख २०८१, बुधबार
(October 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु 

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ ।

गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

प्रकाशित मिति: Oct 16, 2022

प्रतिक्रिया दिनुहोस्