Logo
२० मंसिर २०७९, मंगलबार
(October 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दसूचीबाट नाम फिर्ता लिएका उम्मेदवारको सट्टामा दलहरुले २२ गतेसम्म नयाँ नाम दिन पाउने

सोमार साँझ ५ बजेसम्ममा मानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएका उम्मेदवारको सट्टामा दलहरुले २२ गतेसम्म नयाँ नाम दिन पाउने भएका छन् ।

उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ५ बजेपछि फिर्ता लिएको उम्मेदवारको सट्टामा अर्को कुनै उम्मेदवार पेस गर्न दललाई पत्राचार गर्ने र यो क्रम आगामी २२ गतेसम्म जारी रहने छ ।

२२ गते बेलुका सबै नामावली प्रकाशन गर्ने र प्रकाशित भएका नामावलीमा कसैको दाबी बिरोधलाई २३ गतेपछिको कार्यतालिका बनाइएको वाग्लेले बताए ।

उपन्यायाधिवक्ता वाग्लेले दलले पेस गरेको बन्दसूचीमा धेरैजसो समानुपातिक समावेशी समूहको क्लष्टर नमिलेको पाइएको पनि बताए । उनले कुनै एक क्लस्टरमा हुनुपर्नेको नाम अन्य क्लस्टरका लागि राखिएको पाइएको बताए ।

उपन्यायाधिवक्ता वाग्लेले दलले पेस गरेको बन्दसूची निर्वाचन आयोगले संविधान र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिका बमोजिम परीक्षण गरेको बताए ।

उनले निर्वाचन आयोगले दलले नमिलाएको खण्डमा दललाई मिलाएर पठाउन पत्राचार गरिएको र समावेशी अनुसार क्लस्टर पेस गर्नुअघि पनि समानुपातिक बन्दसूचीको सम्बन्धमा राजनीतिक दललाई ट्रेनिङ आयोजना दिइएको बताए ।

वाग्लेले समानुपातिकको क्लस्टर मिलाउने काम केही कठिन रहेकाले दलहरूले नामावली ल्याएपछि निर्वाचन आयोगले गलत भएको स्थानमा सच्याउन सहजीकरण गरिरहेको पनि उल्लेख गरे ।

त्रुटि सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आइतबार ५ बजे सम्मको समय दिएकोमा आजबाट समानुपातिकतर्फ नामावली सच्याएर निर्वाचन आयोगमा बुझाउने समय सकिएको हो ।

वाग्लेका अनुसार आइतबार ४ बजेसम्म विभिन्न ३१ दलहरूले प्रतिनिधि सभातर्फ नामावली सच्याएर पेस गरेका छन् । आइतबार ५ बजेसम्मका दलहरूले बन्दसूची सच्याएर पेस गरेपछि आज नै निर्वाचन आयोगले सच्याएर पेस गरिएका बन्दसूचीको काम सक्ने बताए ।

उनले आजसम्म १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको उल्लेख गरे । उनका अनुसार प्रतिनिधि सभातर्फ प्रदेश १ मा ३१, मधेस प्रदेश २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन् ।

वाग्लेले सोमवारबाट राजनीतिक दलले पेस गरेको बन्दसूचीमा नामावली भएको कुनै उम्मेदवारले बन्दसूचीबाट आफ्नो नामावली फिर्ता लिन चाहेमा सोमबार १ बजेसम्मको समय दिने बताए ।

उनले सोमबार नै १ बजेदेखि ५ बजेसम्म बन्दसूची पेस भएको सम्बन्धित व्यक्तिले फिर्ता लिएको बारेमा सम्बन्धित दललाई जानकारी गराउने आयोगको कार्यसूची छ ।

 

प्रकाशित मिति: Oct 2, 2022

प्रतिक्रिया दिनुहोस्