Logo
४ बैशाख २०८१, मंगलबार
(September 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमाशंकर अरगरियालाई एमालेले पार्टीमा ल्याएपछि गंगाराम यादवले पार्टी छाडे

२०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी छाडेका छन् । जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेको आफू पार्टी परित्याग गरेको उनले बताए ।

गंगाराम धनुषा क्षेत्र नं. २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छ ।  एमालेबाट प्रतनिनिधिसभा सदस्य उम्मेदवारका आकंक्षी थिए ।

तर एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बनेका छन् ।

एमाले छाडेका यादवलाई अब जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति: Sep 26, 2022

प्रतिक्रिया दिनुहोस्