Logo
१२ बैशाख २०८१, बुधबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा पनि स्वतन्त्रको क्रेज : सुनिलप्रसादको स्वतन्त्रबाट उम्मेदवारी

राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवानेता सुनिलप्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं। ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । युवानेता गुप्ताले जनताको चाहनाअनुसार नै आफू मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेद्वारीको घोषणा गरेको दाबी गर्छन् ।

‘म विद्यार्थीकालदेखि नै मधेशको राजनीतिमा सक्रिय भएको हुँ । विभिन्न मधेशवादी दलहरुमा लागेर मधेशको मुद्दाहरु उठाउँदै आएको थिएँ । तर ती दलहरुले मुद्दा छोडिसकेकाले स्वतन्त्ररुपमै लड्ने निर्णयमा पुगेको हुँ ।’ – उनले भने

कुनै दलले तपाइँलाई टिकट नदिने भएपछि स्वतन्त्रमा उम्मेद्वारी घोषणा गर्नुभएको हो भन्ने प्रश्नमा गुप्ताले भने, ‘मलाई अहिले पनि विभिन्न पार्टीबाट टिकटका लागि अफर आइरहेका छन् । तर म स्वतन्त्ररुपमा मै उम्मेद्वारी दिनेछु र जित्नेछु भन्ने मलाई विश्वास छ ।’

देशभरि अहिले स्वतन्त्र उम्मेद्वारको अभियान चलेको पनि आफू स्वतन्त्ररुपमा नै जाने उनले बताएका छन् । गत स्थानीय चुनावमा बालेन साह, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेद्वारहरु जितेकोले सोबाट प्रभावित भएर स्वतन्त्र उम्मेद्वार घोषणा गरेको उनी बताउँछन् ।

केही समय पहिला गुप्ता लगायतका युवा नेताहरुले मधेशी जनता पार्टी पनि गठन गरेका थिए । तर सो पार्टीलाई निरन्तरता दिन सकेनन् ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्