Logo
६ बैशाख २०८१, बिहीबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका थिए । ६३ वर्षीय अबु अब्दुल्लालाई ‘शताब्दीको बहुविवाहक’ उपनाम दिइएको छ । हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाइन किनकी म आनन्दित थिए’, उनले अगाडि भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरे र मेरो निर्णय श्रीमतीलाई सुनाए ।’

गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए । अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने । उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्