Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु   

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

प्रकाशित मिति: Sep 18, 2022

प्रतिक्रिया दिनुहोस्