आइतबारदेखि ‘क’ वर्गका बैंकहरुले दशैंको लागि नयाँ नोट दिने, एक जनालाई साढे १८ हजार

नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।
राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक÷एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।
सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ ।