Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ, बाँके, झापा र पर्साबाट अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ  

मोरङ, बाँके, झापा र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट करिब १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगरसहित सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय विशाल भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

को.३५ प २२६६ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक भुजेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाईन्टबाट करिब ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोईनसहित खजुरा गाउँपालिका–४ एलगाउँ बस्ने २९ वर्षीय आसिश चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–४ आगमन सदभाब टोल बस्ने ३८ वर्षीया सुगन्दा (मण्डल) अन्सारी समेत २ जनालाई करिब १ ग्राम ब्राउनसुगरसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी  दुवै जनालाई पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१० पानी टंकीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार १ सय एम्पुल, नुर्फिन १ हजार १ सय एम्पुल र फेनारगन १ हजार १ सय एम्पुल सहित सोही महानगरपालिका–३ छप्कैया बस्ने ३६ वर्षीय बजिर अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: Sep 16, 2022

प्रतिक्रिया दिनुहोस्