Logo
८ बैशाख २०८१, शनिबार
(September 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु   

गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा हिजो बेलुकी जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा नगरपालिका–६ बतासेका अन्दाजी १८ बर्षीय आशिष बसेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Sep 15, 2022

प्रतिक्रिया दिनुहोस्