Logo
१३ बैशाख २०८१, बिहीबार
(September 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता कोइरालाको चौतर्फी चर्चा : उम्मेदवार सिफारिस भएपछि सरकरी गाडी फिर्ता

स्वक्ष राजनीतिक संस्कार प्रदर्शन गरेका कारण नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको चौतर्फी चर्चा सुरु भएको छ । पार्टीमा उम्मेदवार सिफरिस भएपछि कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयलाई बुझाएका थिए ।

संसदीय दलको नेता भए वापत सरकारी सुविधामा चढ्दै गरेका गाडी उनले प्रदेशसभा सचिवालयलाई बुझएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को १ झ ६५४ नम्बरको गाडी सोमबार प्रदेशसभालाई बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयले संसदीय दलका नेताहरुलाई सरकारी गाडी उपलब्ध गराएको थियो । कोइरालाले निर्वाचनपूर्व समानुपातिक मनोनयनसंगै पद रिक्त हुने विषय बाहिर आएकाले सरकारी सवारी साधन जिम्मा लगाएको जानकारी दिए ।

कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट संघीय सांसद सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम पनि सिफारिस भएको छ ।

अघिल्लोपटक पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउँदै उनले मंसिर ४ गतेको निर्वाचनमा पनि पार्टीले न्याय गर्ने बताए ।
कोइराला २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट विजयी भएका थिए ।

प्रकाशित मिति: Sep 14, 2022

प्रतिक्रिया दिनुहोस्