Logo
१६ आश्विन २०७९, आईतबार
(September 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्यक्षतर्फको प्रदेश सांसदका लागी कांग्रेसमा पत्रकार वीरेन्द्र केएमको नाम सिफारिस

प्रखर वक्ता तथा चर्चित पत्रकार वीरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) प्रदेश १ स्थित प्रत्यक्ष तर्फको प्रदेशसभा सदस्य (प्रदेश सांसद) का लागि सिफारिस भएका छन् ।

नेपाली कांग्रेस सुनसरीले केएमको नाम सुनसरी २ (ख) का लागि सिफारिस गरेको हो । ३८ वर्षीय पत्रकार केएम उक्त क्षेत्रमा सिफारिस भएका अन्य उम्मेदवारहरु मध्ये सबैभन्दा युवा उमेर समुहका उम्मेदवार हुन् ।

राष्ट्रिय स्वधिन्ताको पक्षमा ओकालत गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा नेपालको तर्फबाट डिभेड गर्ने केएम काठमाडौं स्थित सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका प्रमुख हुन् । २२ वर्षदेखि पत्रकारितामा आवद्ध केएम संघीयता विज्ञ पनि हुन् ।

प्रदेशको अधिकार तथा संवैधानिक संरचनाको ज्ञाता समेत रहेका केएम राजनीतिशास्त्र, पत्रकारिता र कानूनका विद्यार्थी हुन् । सामाजिक अभिन्ता समेत रहेका केएम रैथाने मधेशीको पक्षमा ओकालत गर्दै आएका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीका अनुसार पार्टीको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएकोले केएमको नाम प्रक्रिया अनुसार प्रदेश हुँदै केन्द्रिय कार्यसमितिमा पुगेको छ ।

“टिकट दिने/नदिने वा कसलाई दिने त्यसको छिनोफानो अब ससंदीय समितीले गर्नेछ” सभापति भण्डारीले भने तर केएमजी योग्य उम्मेदवार हुन् । अहिलेको समयको माग अनुसारका उहाँ दक्ष युवा उम्मेदवार पनि हुनुहुन्छ, जनतामा उहाँको लोकप्रियता पनि रहेको छ, अब हेरौं के हुन्छ ।”

सभापति भण्डारीका अनुसार प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारहरुको नाम कांग्रेसको केन्द्रिय संसदीय बोर्डमा पुग्ने प्रावधान छ । उक्त बोर्डले टिकटको छिनोफानो गर्नेछ ।

प्रकाशित मिति: Sep 7, 2022

प्रतिक्रिया दिनुहोस्