Logo
१५ चैत्र २०८०, बिहीबार
(August 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै

सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ ।

इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ । हालै ईडीले उनको १२ लाखको एफडी पनि जोडेको थियो ।

ज्याकलिनले यो मामलामा साक्षीको रुपमा पहिले नै आफ्नो बयान दिइसकेकी छन् । गत वर्षको डिसेम्बरमा यो मामलामा आराेपपत्र अतिरिक्त सेशन न्यायाधीश प्रवीण सिंहको अदालतमा दर्ता गरिएको थियो ।

यसै वर्षको फेब्रुअरीमा इडीले पिंकी इरानीविरुद्ध सप्लीमेन्ट्री आराेपपत्र दायर गरेको थियो । पिंकीले नै ज्याकलिन र सुकेशको भेट गराएकी थिइन् ।

 

प्रकाशित मिति: Aug 17, 2022

प्रतिक्रिया दिनुहोस्