Logo
७ बैशाख २०८१, शुक्रबार
(August 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईमा चलेको पूर्विय हावाबाट जाेगिन स्वास्थ्यकर्मीको सुझाव

मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्ताे पूर्विय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासकाे सुख्खा हावा चल्न थालेछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षायाममा यस्तो बतास अनुभव नगरेकाे बताए । याे हावा स्वास्थ्यकाे लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएकाे उनकाे भनाइ छ ।

हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूकाे चेतावनी छ । `यसपालि धान उत्पादनमा समेत भारी र्‍हास आउनेछ धेरैकाे अनुमान छ,´ उनले भने । चैत, वैशखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्विय हावा पनि भन्ने गरिएको छ ।

वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तीका घटना बढन सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपुर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।

`वर्षाको समयमा औसत पानी नपरेकाे कारण पूर्विय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।´ वातावरणविद् विराट पन्तले उनले भने ।

यस्ताे हावाले अहिले किसानहरूले लगाएका धानबालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

एलर्जी, माैसमी ज्वराेकाे जाेखिम

सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहकाअनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरुलाइ अत्याधिक समस्या वनाउने गर्दछ ।

उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन् । `गर्मीयाममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।´ डाक्टर साहले भने ।

हावाको मात्र त्रास हैन बर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेषारी १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले बर्षा हुन्छ र समस्या बनाउने हाेला भनेर त्रास बढाएकाे छ ।

प्रकाशित मिति: Aug 16, 2022

प्रतिक्रिया दिनुहोस्