Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरबाट पीडित कांग्रेस नेता प्रदीप गिरी र कर्मा घलेको अवस्था सुधारोन्मुख

नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन् ।

लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही महिनाअघि नेपाल आएका नेता गिरीमा निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

यसैगरी, कांग्रेस सांसद कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा केही दिन उपचार गराई हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलले सांसदद्वय गिरी र घलेको स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: Aug 11, 2022

प्रतिक्रिया दिनुहोस्