Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

इस्लामाबाद–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ ।सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् ।

खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ । सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए । ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौं’ उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, ‘यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’

प्रकाशित मिति: Aug 11, 2022

प्रतिक्रिया दिनुहोस्