Logo
८ बैशाख २०८१, शनिबार
(August 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।
जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।

घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखन्डनकारी समूह र सुरक्षा फौजबीज बारम्बार झडप हुने गरेका छन् ।

प्रकाशित मिति: Aug 11, 2022

प्रतिक्रिया दिनुहोस्