Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर ८६८ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ नमूनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४१४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रकाशित मिति: Aug 10, 2022

प्रतिक्रिया दिनुहोस्