Logo
८ बैशाख २०८१, शनिबार
(August 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीको पिपरहवा माविमा भ्रष्टाचार

रुपन्देहीको रोहिणी गाउँपालिको पिपरहवा माध्यमिक विद्यालयमा प्रधानअध्यापकले वितरण हुने छात्रवृत्ति रकम र दिवा खाजा लगायतका रकम नबाडी आफैसँग राखेको आरोपमा प्रधाध्याध्यापकको कार्यकक्षमा स्थानीयले ताला लगाएका छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ मा रहेको पिपरहवा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले आर्थिक वर्ष फेरिदा समेत अहिलेसम्म छात्रवृत्तिको र दिवा खाजाको लागी आउने रकम मध्ये १० महिनाको रकम पनि विद्यालयले बाडेको छैन ।

बिद्यालयले बालबिकास कक्षाको लागी प्राप्त रकम पारदर्शी तरिकाले खर्च नगरेको तथा माध्यमिक तहका शिक्षकलाई मुबारक अलीलाई विद्यालयले मानमर्दन हुने गरि हाजिर गराएको आरोपमा तालाबन्दी गरिएको जिल्ला समन्वय समितिको निर्वतमान उप–प्रमुख समेत रहेका पशुपति यादवले बताए ।

उनले विद्यालयका प्रधानअध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले मनोमानी तरिकाले बिद्यालय सञ्चालन गरेको आरोप लगाए । “पजरकट्टी माविका प्रधानअध्यापक समेत रहेका शिक्षक मुबारक अलीलाई मानमर्दन हुने गरि बिद्यालयमा हाजिर गराईएको छ ।”
यादवले भने “रोहिणीमा ४ जना मात्र माविका शिक्षक रहेका छन्, अन्य स्थानमा ठाउ खाली हुदा हुदै उनलाई यहा हाजिरी गराउनुले सम्पूर्ण शिक्षकको मनोबल गिराउने काम भएको छ ।”

यादवले यसै बिषयहरुका बारेमा प्रधानअध्यापक मार्फत गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको र यसबारे सुनुवाई नहुदा गत शुक्रबार पनि स्थानियहरुले बिद्यालयमा तालाबन्दी गरेको बताए । गत शुक्रबार गरिएको तालाबन्दी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले प्रशासनको भरमा ताला फोडेको बताउदै उनले अध्यक्ष यादवले भ्रष्टाचारीको बचाउ गरेको आरोप लगाए ।

अभिभावक समेत रहेका स्थानिय राजेन्द्र यादवले ७–८ सय बिद्यार्थी रहेको बिद्यालयमा प्रधानअध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले मिलमतोमा रकम नबाडेको आरोप लगाए । उनले पटक पटकको तालबन्दीले बालबालिकाको अध्ययन प्रभावित हुने बताउदै यसलाई छिटो निकास दिन आग्रह गरे । “गाउँपालिका अध्यक्ष यहा आएर स्थानियहरुको चित्त बुझाउनु पर्ने हो तर उहाले जोडबलको भरमा ताला फुटाएर जानु भयो ।” उनले भने “यसले निकास दिने भन्दा पनि समस्या झन बल्झाएको छ ।”

पिपरहवा माध्यमिक बिद्यालयका प्रधानअध्यापक अब्दुल हलिम खाँले पनि माघमै छात्रबृत्तिको रकम प्राप्त भए पनि अहिले सम्म बाँडन नसकेको स्विकार गरेका छन् । “माघ महिनामा रकम प्राप्त भयो त्यो समयमा बाँडदा एउटै बिद्यार्थीले दोहोराएर पाउने सम्भावना रहेकोले असार मसान्त सम्म बाँडने बिद्यालय ब्यवस्थापन समितिको निर्णय भएको थियो ।” खाँ ल भने “बिभिन्न समस्या र ब्यस्तताका कारण अहिले सम्म बाँडन पाएनौ, अब छिट्टै बितरण गर्नेछौं ।”

 

 

प्रकाशित मिति: Aug 10, 2022

प्रतिक्रिया दिनुहोस्